बागलुङमा अवैध हतियार बरामद
बाग्लुङ | कात्तिक २३, २०८०
बागलुङ: बागलुङको बडिगाड गाउँपालिका–८ रणसिंहकिटेनी मौरीभिरको ओडारमा रहेको ३ थान एकनाले भरुवा बन्दुक र १ थान बाह्रबोर प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीले मंगलबार ईलाका प्रहरी कार्यालय भिमगिठेबाट गस्ती गर्दै गरेको प्रहरीलाई स्थानीयहरुको सूचनाको आधारमा उक्त हातहतियार फेला पारी बरामद गरेको बताए ।
‘ईलाका प्रहरी कार्यालय भिमगिठेबाट गस्ती गर्दै गरेको प्रहरीलाई स्थानीयहरुले मौरीभिरको ओडारमा भरुवा बन्दुक भएको जानकारी दिए थिए’, डीएसपी केसीले भने, ‘स्थानीयहरुको सूचनाको आधारमा मौरीभिरको ओडारबाट ३ थान एकनाले भरुवा बन्दुक र १ थान बाह्रबोर बरामद गरेका छौं ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

